Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    Paryatan Khabar
    • समाचार
    • धार्मिक
    • मनोरञ्जन
    • विश्व परिवेश
    • फोटो समाचार
    • अर्थ
    • विचार
    • विविध
    • प्रकृति
    • English
    Paryatan Khabar
    Home » पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    By पर्यटन खबर३० जेष्ठ २०८२, बिहीबार

    दमौली । पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (हामस्टे) मार्फत पर्यटन प्रवर्द्धनमा जुटेका छन्।

    Paryatan Khabar

    प्रचारप्रासरको अभावमा म्याग्दे गाउँपालिका–६ स्थित मनपाङ गाउँ ओझेलमा परेपछि स्थानीय घरबास सञ्चालन गरी पर्यटकीय गतिविधिमार्फत् पर्यटन प्रवर्द्धनमा जुटेका हुन्। शुरूआती चरणमा आठ वटा घरमा घरबास सञ्चालन गरिएको छ।

    पृथ्वी राजमार्गस्थित थर्पुबाट २५ मिनेटको कच्ची बाटोमा यात्रा गरेपछि मनपाङ गाउँ पुगिन्छ। समुन्द्री सतहबाट एक हजार ५० मिटरमा उचाइमा अवस्थित मनपाङबाट म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँ, पृथ्वी राजमार्गको सडक, सदरमुकामस्थित दमौली बजार, शुक्लागण्डकीका विभिन्न ठाउँका मनोरम दृश्यावलोकन गर्न सकिन्छ।

    गुरुङ बस्तीको मनपाङमा २० घर रहेकामा पहिलो चरणमा आठ वटाबाट घरबास सञ्चालनमा ल्याइएको मनपाङ सामुदायिक घरबासका अध्यक्ष सोनी गुरुङले जानकारी दिइन्। प्रर्यटनको सम्भावना भएर पनि ओझेलमा परेकाले प्रचारप्रसारसँगै घरबासमार्फत आयआर्जन गर्ने उद्देश्यले पालिकाले प्रोत्साहन गरेपछि पहल थालिएको उनको भनाइ छ। “शहर र गाउँलाई जोड्न घरबास सञ्चालन गरेका छौँ। हालै शुरूआत भएकाले आन्तरिक पाहुना आउने क्रम भइरहेको छ। यहाँ पर्यटकीय पूर्वाधार विस्तार गरी पर्यटन प्रवर्द्धनका लागि पहल थाल्ने छौँ।”

    गर्मीयाममा शितलताको अनुभवसँगै यहाँबाट देखिने दृश्यावलोकनले पाहुनालाई लोभ्याउने गरेको गुरुङले विश्वास व्यक्त गरिन्। उनले भनिन्, “यहाँबाट सुन्दर र रमणीय दृश्य देखिनुका साथै पर्यटकले स्थानीय परिकारका स्वादको अनुभूति पाउन सक्नुहुन्छ। शहरमा गर्मी हुँदा पनि मनपाङ गाउँ उक्लिएपछि शितलाको अनुभव लिन सकिन्छ।”

    घरबासका सञ्चालक दिलबहादुर गुरुङले एक रात बसेको एक हजार २०० निर्धारण गरिएको जानकारी दिए। उनका अनुसार राति आउने पाहुनालाई स्वागतसँगै गुन्द्रुक, भटमास, मकै दिने गरिएको छ। रातिको खाना, बास र बिहानको खाजाको व्यवस्था गरिएको छ। “हामी घरबासलाई व्यवस्थित गर्दै पूर्वाधार थप्ने क्रममा छौँ। अहिले घरबासमा ३० जनाको क्षमता छ,” उनले भने।

    म्याग्दे–६ का वडाध्यक्ष हिरालाल गुरुङले मनपाङ बाइसेचौबिसे राज्यको पालाको एउटा कोट भएकाले यसको प्रचारप्रसारसँगै प्रवर्द्धनका लागि पहल थालिएको बताए। भने, “यस ठाउँमा पर्यटक कसरी ल्याउने भनेर छलफल हुँदा घरबास उपयुक्त हुन्छ भन्ने लागेर शुरूआत गरेका छौँ। घरबास सञ्चालन गरेर यहाँ पाहुना भित्र्याउने र स्थानीयको आयआर्जन बढाउने तयारी गरिरहेका छौँ।”

    मनपाङमा थानीमाई मन्दिर, कालभैरव मन्दिर छन्। धार्मिक रूपमा पनि यस ठाउँ प्रख्यात रहेको वडाध्यक्ष गुरुङको भनाइ छ। उनका अनुसार नवमीको दिनमा थानीमाई मन्दिरमा विशेष पूजा हुने गर्छ। “मनपाङबाट चारैतिरको दृश्य हेर्नका लागि तीन वटा दृश्यावलोकन बिन्दु बनाइएको छ। दृश्यावलोकन बिन्दुसम्म पुग्न ढुंगा छापेर पैदलबाटो निर्माण गरिएको छ,” उनले भने।

    मनपाङसम्म पुग्ने बाटो कच्ची भएकाले स्तरोन्नतिका लागि काम भइरहेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। पालिकाको समपुरक कोषबाट १ करोड रुपैयाँ बजेट विनियोजन गरी बाटोको स्तरोन्नति गरिरहेको उनको भनाइ छ। “मनपाङको सौन्दर्यताले पर्यटन प्रवर्द्धन गर्न सकिन्छ भन्ने लागेर घरबास सञ्चालनमा ल्याएका छौँ। घरबाससँगै थप पर्यटन पूर्वाधार निर्माण गरेर यस ठाउँको प्रचारप्रसार र व्रवर्द्धनमा जुटेका हौँ,” उनले भने। रासस

    Related Posts

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार

    मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

    ३० जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    दमौली । पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (हामस्टे) मार्फत…

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार

    मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

    ३० जेष्ठ २०८२, बिहीबार
    पर्यटन खबर मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर : ९८४३८७७८४९
    paryatankhabar7@gmail.com
    वेबसाईट: www.paryatankhabar.com
    सूचना विभाग दर्ता नं.: 0000/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    @@@@

    धेरै पढिएको

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार
    © 2025 Paryatan Khabar, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.

    0 shares