Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    Paryatan Khabar
    • समाचार
    • धार्मिक
    • मनोरञ्जन
    • विश्व परिवेश
    • फोटो समाचार
    • अर्थ
    • विचार
    • विविध
    • प्रकृति
    • English
    Paryatan Khabar
    Home » गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ

    By पर्यटन खबर३० जेष्ठ २०८२, बिहीबार

    तनहुँ । उखरमाउलो गर्मीले वातावरण तातेको छ। केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मनसुन त्यतै अड्किएको छ। पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ।

    Paryatan Khabar

    बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ। त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरू त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन्।

    काठमाडौं तथा चितवनबाट गाडीमा दुई÷तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्‍याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू देखिन्छन्।

    त्यसो त यो र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्‍याफ्टिङका लागि आउनेहरूको सङ्ख्या उल्लेख्य बढेको बताउँछन्।

    ‘र्‍याफ्टिङका लागि यो अनुकूल समय हो, वर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन,’ उनले भने, ‘पारिवारिक साहसिक गतिविधि भएकाले र्‍याफ्टिङ गर्नेहरू बढेका छन् ।’ बिदाका दिन आउने, र्‍याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरू बढेको उनको भनाइ छ।

    त्रिशूलीमा खासगरी काठमाडौं, चितवन, पोखरालगायतका सहरबाट मानिसहरू आउने गरेका छन् । ‘कतिपय मानिसहरू काठमाडौं–चितवन–पोखराको यात्राका क्रममा पनि र्‍याफ्टिङ गरेर जानेहरू छन्, त्यसबाहेक काठमाडौं र चितवनबाट प्याकेजमा र्‍याफ्टिङलगायतका गतिविधिका लागि आउनेहरू छन्’, उनले भने।

    यहाँ आउनेहरू गर्मी छल्ने मात्रै नभइ नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उनको बुझाइ छ। त्रिशूली नदीमा र्‍याफ्टिङ निकै सहज भएकाले काठमाडौंबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्‍याफ्टिङ गर्न सक्छन् । ‘र्‍याफ्टिङ सबै उमेर समूहका लागि हो’, सञ्चालक कँडेलले भने।

    र्‍याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैँमा र्‍याफ्टिङका लागि प्रमुख गन्तव्य हो । परिवार तथा साथीहरूको समूहमा नदीमा र्‍याफ्टिङ गर्दा र्‍यापिड (पानीको भङ्गालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनको अनुभव छ। काठमाडौंबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले त्रिशूली र्‍याफ्टिङको प्रमुख गन्तव्य बनेको छ।

    Related Posts

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    दमौली । पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (हामस्टे) मार्फत…

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार

    मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

    ३० जेष्ठ २०८२, बिहीबार
    पर्यटन खबर मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर : ९८४३८७७८४९
    paryatankhabar7@gmail.com
    वेबसाईट: www.paryatankhabar.com
    सूचना विभाग दर्ता नं.: 0000/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    @@@@

    धेरै पढिएको

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार
    © 2025 Paryatan Khabar, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.

    0 shares