Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    Paryatan Khabar
    • समाचार
    • धार्मिक
    • मनोरञ्जन
    • विश्व परिवेश
    • फोटो समाचार
    • अर्थ
    • विचार
    • विविध
    • प्रकृति
    • English
    Paryatan Khabar
    Home » पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    By पर्यटन खबर३० जेष्ठ २०८२, बिहीबार

    भरतपुर । यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन विकास गर्न वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिले अग्रसरता देखाएको छ ।

    Paryatan Khabar

    वैकुण्ठ तालभन्दा माथि करिब डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना स्थानीयस्तरमै नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको वैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताए । तालदेखि झरनासम्म पुग्नका लागि आधा बाटोसम्म सिँढी निर्माण भइसकेको छभने बाँकी सिँढी आगामी वर्ष पूरा गरिने योजना रहेको उनले जानकारी दिए । “बजेटको अभावका कारण सोचेअनुसार काम गर्न सकिएको छैन, झरना पुग्ने बाटो मात्रै बनाउन सके पनि धेरै पर्यटक लैजान सकिने थियो”, परियारले भने ।

    माडी नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्ण अधिकारीका अनुसार माडीको यस क्षेत्रमा विसं २०२०÷२२ तिरबाट बस्ती बस्न थालेको हो । सोही समयदेखि वैकुण्ठ ताल वरपर मेला गर्ने र बाल चतुर्दशीमा शत् बीउ छर्ने परम्परा सुरु भएको हो । त्यस अवसरमा माडी मात्रै नभई चितवन, छिमेकी जिल्ला र भारतीय सीमावर्ती क्षेत्रबाट समेत भक्तजन आउने गरेका छन् । अधिकारीले यहाँ आए धन प्राप्त गर्ने चाहना पूरा हुने किंवदन्ती भएकाले झरनालाई धनलक्ष्मी झरनाको नाम दिइएको बताए ।

    भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ छ, यो ठाउँ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर पक्की सडक छ । गाडीबाट झरेपछि लगभग २० मिनेट उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । त्यहाँबाट डेढ घण्टाको यात्रामा झरना पुग्न सकिन्छ । “अचेल धार्मिक कारण र घुमफिरका लागि पनि मान्छेहरू झरना भएको ठाउँमा आउने गर्छन्”, वडाध्यक्ष अधिकारीले भने, “सिँढीसहितको पूर्वाधार निर्माण गर्न सके अझै धेरै पर्यटक यहाँ ल्याउन सकिन्छ । हाल झरनासँगै वैकुण्ठधाम क्षेत्रका नै पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न थालिएको छ ।”

    वैकुण्ठधाम क्षेत्रभित्र पर्ने वैकुण्ठताल, धनलक्ष्मी झरना, वैकुण्ठेश्वर शिवालय मन्दिर, कैलाश पर्वत, प्रेम दह, मनमोह भिर, दुई खोला दोभान, चमेरे गुफा र आरण्य बौद्ध विहार प्राकृतिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हुन् । यिनै सम्पदाका कारण माडी पर्यटकहरूको चासोको केन्द्र बन्न थालेको उनको भनाइ छ । साथै कान्तिपुर सामूहिक खेती, ‘फार्म स्टे’ र अयोध्या मार्गजस्ता योजनाहरूले यहाँको पर्यटनलाई समुदायसँग जोड्दै थप आकर्षक बनाएको अधिकारीले बताए ।

    वैकुण्ठ क्षेत्रलाई एकीकृत रुपमा विकास गर्ने योजना बनेपछि धनलक्ष्मी छहरासम्म पर्यटक पु¥याउने गरी काम अगाडि बढाउन लागिएको नगर उपप्रमुख खेमप्रसाद महतोले बताए । “झर्नाप्रति आकर्षण बढ्दै छ । जङ्गलभित्रै रहेकाले धेरैले जानकारीसमेत पाएका छैनन् । यसको प्रचार गर्न र पूर्वाधार निर्माण गरे भविष्यमा महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्नसक्छ । त्यसैले अब आवश्यक बजेटको व्यवस्था गरेर काम गर्छौं”, उनले भने ।

    माडी भौगोलिक हिसाबले निकै आकर्षक छ, तर दर्जनौँ खहरे खोला र तीन तर्फबाट चितवन निकुञ्जसँग जोडिएका कारण जङ्गली जनावरले स्थानीयलाई दुःख दिने गरेका छन् । निकुञ्जका बाघ, गैँडा देखाएर अन्यत्र पर्यटन फस्टाए पनि माडीमा यसबाट लाभ लिनेभन्दा क्षति बेहोर्ने परिरहेको गुनासा छन् । झर्ना, ताल र धार्मिक क्षेत्रहरू रहेको यस क्षेत्रको विकासका लागि सोहीअनुसार योजना बनाइएको नगर उपप्रमुख महतोले बताए ।रासस

    Related Posts

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    दमौली । पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (हामस्टे) मार्फत…

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार

    मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

    ३० जेष्ठ २०८२, बिहीबार
    पर्यटन खबर मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर : ९८४३८७७८४९
    paryatankhabar7@gmail.com
    वेबसाईट: www.paryatankhabar.com
    सूचना विभाग दर्ता नं.: 0000/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    @@@@

    धेरै पढिएको

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार
    © 2025 Paryatan Khabar, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.

    0 shares