Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    Paryatan Khabar
    • समाचार
    • धार्मिक
    • मनोरञ्जन
    • विश्व परिवेश
    • फोटो समाचार
    • अर्थ
    • विचार
    • विविध
    • प्रकृति
    • English
    Paryatan Khabar
    Home » जाने होइन त पाथिभरा ?

    जाने होइन त पाथिभरा ?

    By पर्यटन खबर२२ कार्तिक २०७९, मंगलवार

    भरतमणि पाैडेल

    Paryatan Khabar

    नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पाथीभरा देवीको मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको छ । यो मन्दिर ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ बजारदेखि करीब १९ किलोमिटरको दुरी तथा ३७९४ मिटरको उचाइमा अवस्थित छ ।

    पाथीभरा माताको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण लाखौं मानिस देवीको दर्शनका लागि यहाँ आइपुग्छन् ।

    pathibara

    पाथीभरा देवीको मन्दिरमा नेपाल मात्रै होइन भारत, भुटानलगायतका देशबाट समेत मानिसहरू आउने गर्दछन् । देवीको यो मन्दिरमा भेडा, बोका, पाठीको बलि दिने गरिएको भए पनि पछिल्लो समय भने बलिको साटो परेवा उडाउने, फलफूल चढाउने र देवीको श्रृङ्गारको सामग्री चढाउने चलन बढेको छ । यहाँ बत्ती बाल्न आउने भक्तजनहरु पनि उत्तिकै हुन्छन् ।

    कसरी जाने पाथीभरा ?
    काठमाडौं – बिर्तामोड
    काठमाडौंबाट बस तथा माइक्रो बसमा यात्रा गरेर झापाको बिर्तामोड पुगिन्छ । बिर्तामोड बसपार्कबाट ताप्लेजुङ सदरमुकामको लागि नियमित जीप सेवा (स्थानीय चलनचल्तिको भाषामा टेक्सी सेवा भनिन्छ) उपलब्ध छ ।

    सडकमार्ग भएर जानेहरूका लागि काठमाडौंबाट विर्तामोडसम्म करिब १० घण्टाको यात्रा गर्नुपर्ने हुन्छ । यहाँको यात्रामा प्रतियात्री भाडा दर यातायातको प्रकृति हेरि एकहजार पाँच सय जति पर्छ । झापा जान हवाई मार्गको प्रयोग गर्न पनि सकिन्छ ।

    pathibhara

    काठमाडौं विमानस्थलबाट भद्रपुरका लागि दैनिक करिब दस फ्लाईट उडान हुने गर्छ । भद्रपुरबाट विर्तामोडको दूरी गाडीमा करिब आधा घण्टाको हो । काठमाडौंबाट सोझै ताप्लेजुङको लागि समेत हवाई सेवा उपलब्ध छ । नेपाल एयरलाईन्स र सीता एयरले यो सुविधा उपलव्ध गराउँछ ।

    बिर्तामोड – ताप्लेजुङ
    बिर्तामोडबाट करिब १५ मिनेटको दुरी पार गरेपछि मेची राजमार्ग भेटिन्छ । दुईसय छत्तिस किलोमिटर लामो यो राजमार्ग मनोरम पहाडी मार्ग हो । यस राजमार्गले झापालाई पहाडकी रानी उपनामले चिनिने इलाम हुँदै पाँचथर र ताप्लेजुङ जिल्लासँग जोड्छ ।

    pathibhara tample

    यस राजमार्गबाट बाटोमा पर्ने इलाम कन्यामको मनोरम चिया बगानहरू छिचोल्दै तपाईं करिब ८ घण्टाको यात्रापछि ताप्लेजुङ पुग्नुहुन्छ । यस यात्राको भाडा दर इन्धनको मूल्य वृद्धिसँगै उँचो भएर प्रतियात्री एक हजार ३ सय पुगेको छ ।

    ताप्लेजुङको वैकल्पिक मार्ग
    ताप्लेजुङ जोड्ने मेची राजमार्ग पुरानो र चल्तिको मार्ग हो । यसबाहेक धरानबाट भेडेटारको पहाडी मनोरम वातावरणमा रमाउँदै धनकुटाको मूलघाटबाट तमोर नदीको किनारै-किनार ताप्लेजुङ पुग्ने वैकल्पिक मार्गसमेत निर्माण भएको छ ।

    तमोर करिडोरले चिनिने योमार्ग ताप्लेजुङ पुग्ने अत्यन्तै छोटो मार्ग हो । निर्माणाधीन अवस्थामा रहेकाले यो मार्गको यात्रा विशेषत हिउँद याममा सहज हुने गर्छ ।

    कालोपत्रे नभइसकेको र ग्राभलिङ सडक भएकाले हाल जीप सेवा मात्र यहाँको लागि उत्तम छ । यो मार्गको प्रयोग गरेर धरानबाट करिब ६ घण्टामा ताप्लेजुङ पुग्न सकिन्छ ।

    अर्काे वैकल्पिक मार्ग धरान-धनकुटा लालीगुराँस नपा बसन्तपुर-गुफा पोखरी हुँदै ताप्लेजुङको हो । यो राजमार्गले गुराँसका राजधानी मिल्केजलजलेलाई छिचोल्दै ताप्लेजुङलाई जोड्छ । यो मार्ग पनि निर्माणाधीन अवस्थामा रहेकाले कच्ची सडकको रुपमा रहेको छ ।

    ताप्लेजुङबाट पाथीभरा ताप्लेजुङको सदरमुकामबाट १७ किलोमिटर मोटर यात्रापछि करिब एक घण्टामा सुकेटार विमानस्थल हुँदै पाथीभराको काफ्लेपाटी पुगिन्छ । यहाँको यातायात भाडा प्रति यात्री तीन सय रहेको छ (पेट्रोलियम पदार्थको बढ्दो मूल्यका कारण भाडा दरमा केही परिवर्तन हुनसक्छ ।)

    पाथीभरा पैदल यात्रा
    काफ्लेपाटीबाट पैदल मार्ग सुरू हुन्छ । काफ्लेपाटीबाट एक घण्टाको पैदल यात्रामा फेदी(कान्छीथान) पुगिन्छ । काफ्लेपाटी र फेदीमा बस्नका लागि प्रशस्त होटलहरू छन् ।

    फेदीबाट करिब २ घण्टाको उकालो हिँडेपछि पाथीभरा माताको चरणमा पुग्न सकिन्छ । जब तपाईं माताको यस पवित्र भूमिमा पुग्नुहुनेछ, तपाईंलाई आश्चर्यजनक आनन्दको अनुभूति हुनेछ ।

    अघि हिँड्दाको थकान पूरै हराएको महसुस हुन्छ । पाथीभरामाताको चरणमा शरण लिँदै गर्दै छुट्टै किसिमको सुखानुभूति महसुस गर्नुहुने छ । यसरी खुसी र पवित्र मनले माताको दर्शन गरेर आशिर्वाद ग्रहण गर्नुहुनेछ । निश्चित छ, मनचिन्ते देवी पाथीभराले तपाईंको मनोकाङ्क्षा पूरा गरिदिनु हुनेछ ।

    (ताप्लेजुङबाट मनमणि काफ्ले र हर्कराज गुरुङको सहयोगमा)

    Related Posts

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    दमौली । पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (हामस्टे) मार्फत…

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार

    मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

    ३० जेष्ठ २०८२, बिहीबार
    पर्यटन खबर मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर : ९८४३८७७८४९
    paryatankhabar7@gmail.com
    वेबसाईट: www.paryatankhabar.com
    सूचना विभाग दर्ता नं.: 0000/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    @@@@

    धेरै पढिएको

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार
    © 2025 Paryatan Khabar, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.

    0 shares