Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार
    Facebook Twitter Instagram
    Paryatan Khabar
    • समाचार
    • धार्मिक
    • मनोरञ्जन
    • विश्व परिवेश
    • फोटो समाचार
    • अर्थ
    • विचार
    • विविध
    • प्रकृति
    • English
    Paryatan Khabar
    Home » इमरान खानले ‘आपत्तिजनक भिडियो’ माथि आफ्ना पार्टीका सांसदकी श्रीमतीसँग मागे माफी

    इमरान खानले ‘आपत्तिजनक भिडियो’ माथि आफ्ना पार्टीका सांसदकी श्रीमतीसँग मागे माफी

    By पर्यटन खबर२० कार्तिक २०७९, आईतवार

    एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो पार्टीका ‘सिनेटर (सांसद) की श्रीमतीको गोपनीयता’ माथि भएको हमलाको निन्दा गरेका छन् र प्रधानन्यायाधीशलाई यसको संज्ञान लिन आग्रह गरेका छन् ।

    Paryatan Khabar

    उनले सम्पूर्ण पाकिस्तानको तर्फबाट सांसदकी श्रीमतीसँग माफी मागेका छन् । वास्तवमा इमरान खानको बयान सिनेटर आजम स्वातीको त्यो पत्रकार सम्मेलनपछि आयो जसमा उनले उनको र उनको परिवारमाथि के भएको थियो विस्तृत जानकारी दिएका थिए ।

    आजम स्वातीले के भनेका थिए ?

    पत्रकार सम्मेलनमा आफ्नो व्यथा सुनाउँदै स्वाती रोएका थिए । उनले उनकी श्रीमतीलाई कुनै अपरिचित नम्बरबाट उनको र उनकी श्रीमतीको ‘आपत्तिजनक भिडियो’ पठाइएको जानकारी दिए ।

    साथै, उनले भने, ‘यो भिडियोबारे भन्न सक्दिनँ किनभने मेरो देशका छोरीहरुले यसलाई सुनिरहेका छन् ।’

    उनका अनुसार यो प्रकरणपछि उनकी श्रीमती र नातिनीहरुले देश छोडेका छन् ।

    इमरान खानले ट्वीटरमा भनेका छन्, ‘पाकिस्तान मानवीय गरिमा, परिवारको सम्मान र ‘पर्दा र पर्खाल’ ननाघ्ने इस्लामी नैतिक मूल्यमा बनेको छ ।’

    तर सरकारको हातबाट आजम स्वातीमाथि जे भएको छ, त्यो यी सबै मूल्यमान्यताको उल्लङ्घन हो ।

    उनले भने, ‘हिरासतमा उनको लुगा उतारियो र उनलाई प्रताडित गरियो । अब यो भिडियोमार्फत् उनकी श्रीमतीको गोपनियता भंग भएको छ ।’

    इमरान खानले यो भिडियोलाई स्तब्ध पार्ने, घृणित र अत्यन्त निन्दनीय भनेका छन् । उनले यस्तो अवस्थाबाट कुनै पनि मानिस गुज्रन नहुने बताए । उनले पाकिस्तानका प्रधानन्यायाधीशलाई यस गोपनीयता उल्लङ्घनलाई संज्ञान लिन र नोटिस जारी गर्न माग गरे ।

    उनले भने, ‘ म पाकिस्तानको तर्फबाट श्रीमती स्वातीसँग माफी माग्न चाहन्छु जो सार्वजनिक जीवनबाट टाढा रहने र असाध्यै धार्मिक महिला हुन् । उनलाई यसले दुःख र पीडा दिएको छ र अपमानको जुन भावनाबाट उनी गुज्रनुपरेको छ, त्यसका लागि पूरा पाकिस्तानको तर्फबाट माफी माग्छु ।’

    स्वातीले हिरासतमा यातना दिएको आरोप लगाएका थिए

    यसअघि, इमरानको पार्टी तेहरिक–ए–इन्साफकी सांसद स्वातीले आफूलाई सेना र संघीय अनुसन्धान एजेन्सी ९एफआईए० अधिकारीहरूले ‘हिरासतमा यातना’ दिएको आरोप लगाएका थिए ।

    स्वातीले भविष्यमा अरुलाई यस्तो नहोस् भनेर सेना प्रमुख र प्रधानन्यायाधीशबाट छानबिन गर्न माग गरेका छन् ।

    सेना विरोधी ट्वीट गरेको आरोपमा स्वातीलाई पक्राउ गरिएको थियो । तर, पछि उनी धरौटीमा रिहा भए ।

    पत्रकार सम्मेलनमा स्वातीले घटनामा दुईजना वरिष्ठ सैनिक अधिकृतलाई जिम्मेवार ठहर गरेका थिए । उनले यसमा एफआइएका अधिकारी संलग्न भएको समेत बताएका थिए ।

    इमरानले फेरि लङ मार्च सुरु गर्न सक्छन्

    यसअघि इमरानले शुक्रबार देशवासीलाई सम्बोधन गरेका थिए । बिहीबारको र्‍यालीमा गोली चलाएपछि इमरानले अस्पतालबाटै देशवासीलाई सम्बोधन गरेका थिए । जसमा उनले चार जनाले आफुलाई मार्ने षड्यन्त्र गरेको बताएका छन् ।

    गोलीबारीपछि पहिलो पटक क्यामेराको अगाडि देखा परेका इमरान खानले आक्रमणमा आफूलाई चार गोली लागेको बताए ।

    इमरान खानले देशका जनता आफूलाई सत्तामा हेर्न चोहेको तर कतिपयलाई यो मन नपरेको दाबी गरेका छन् । त्यही भएर उनलाई मार्ने प्रयास गरिएको उनले बताए ।

    उनले भने, ‘अल्लाहले नयाँ जीवन दिनुभएको छ, म फेरि लड्नेछु ।’

    इमरान खानले बिहीबार आफ्नो र्‍यालीमा भएको गोलीबारीमा पुरानो मनोवृत्ति राख्दै सरकारसँग टकरावको प्रक्रिया जारी राख्ने घोषणा गरेका थिए ।

    इमरानलाई पञ्जाबको वजिराबादमा गोली लागेको थियो । सो गोलीबारीमा एक जनाको मृत्यु भएको छ । इमरान खान खतरामुक्त छन् र उनले फेरि लङ मार्च सुरु गर्न सक्नेछन् ।

    बीबीसी

    Related Posts

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

    ३० जेष्ठ २०८२, बिहीबार

    धार्मिक पर्यटन प्रवद्र्धन गर्न गुम्बा निर्माण

    ३० जेष्ठ २०८२, बिहीबार

    Leave A Reply Cancel Reply

    छुटाउनुभयो कि ?

    समाचार

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    दमौली । पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (हामस्टे) मार्फत…

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार

    मुन्दुम पदमार्गलाई ‘तपोभूमि’का रूपमा विकास गरिँदै

    ३० जेष्ठ २०८२, बिहीबार
    पर्यटन खबर मिडिया प्रा.लि., अनामनगर, काठमाण्डौ

    फोन नम्बर : ९८४३८७७८४९
    paryatankhabar7@gmail.com
    वेबसाईट: www.paryatankhabar.com
    सूचना विभाग दर्ता नं.: 0000/ ०७८ -०७९

    Facebook Twitter YouTube
    हाम्रो टिम

    @@@@

    धेरै पढिएको

    पर्यटनको सम्भावना बोकेको मनपाङ गाउँ

    ३० जेष्ठ २०८२, बिहीबार

    गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि

    ३० जेष्ठ २०८२, बिहीबार

    फूलैफूलले सजिएको माडीको अयोध्यामार्ग

    ३० जेष्ठ २०८२, बिहीबार
    © 2025 Paryatan Khabar, All Right Reserved | Designed by Webpal.

    Type above and press Enter to search. Press Esc to cancel.

    0 shares