Author: पर्यटन खबर

दमौली । पर्यटनको प्रशस्त सम्भावना बोकेर पनि ओझेलमा परेको मनपाङ गाउँका स्थानीय घरबास (हामस्टे) मार्फत पर्यटन प्रवर्द्धनमा जुटेका छन्। प्रचारप्रासरको अभावमा म्याग्दे गाउँपालिका–६ स्थित मनपाङ गाउँ ओझेलमा परेपछि स्थानीय घरबास सञ्चालन गरी पर्यटकीय गतिविधिमार्फत् पर्यटन प्रवर्द्धनमा जुटेका हुन्। शुरूआती चरणमा आठ वटा घरमा घरबास सञ्चालन गरिएको छ। पृथ्वी राजमार्गस्थित थर्पुबाट २५ मिनेटको कच्ची बाटोमा यात्रा गरेपछि मनपाङ गाउँ पुगिन्छ। समुन्द्री सतहबाट एक हजार ५० मिटरमा उचाइमा अवस्थित मनपाङबाट म्याग्दे गाउँपालिकाका विभिन्न ठाउँ, पृथ्वी राजमार्गको सडक, सदरमुकामस्थित दमौली बजार, शुक्लागण्डकीका विभिन्न ठाउँका मनोरम दृश्यावलोकन गर्न सकिन्छ। गुरुङ बस्तीको मनपाङमा २० घर रहेकामा पहिलो चरणमा आठ वटाबाट घरबास सञ्चालनमा ल्याइएको मनपाङ सामुदायिक…

Read More

गण्डकी । ऐतिहासिक गण्डकी शतकुण्डीय गायत्री कोटिहोमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको छ । नेपालमात्र नभई भारतबाट कोटिहोममा आएका भक्तजनले पोखरास्थित विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेकाले आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा वृद्धि भएको हो । पोखरा महानगरपालिका–१७ विरौटास्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको गुठी जग्गा मानव सेवा फउण्डेसनद्वारा गत वैशाखको १६ गतेदेखि आयोजना गरिएको कोटिहोमको नजिक पर्ने छोरेपाटनस्थित पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा विगतको तुलनामा अहिले आन्तरिक तथा बाह्य पर्यटनको आगमन करिब १० प्रतिशतले वृद्धि भएको गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बाँस्तोलाले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षको चैत १७ गतदेखि जेठ २६ गतेसम्म ९३ हजार ७१६ पर्यटकले…

Read More

भरतपुर । चारैतिरबाट वनजङ्गलले घेरिएको सुन्दर चितवनको माडी उपत्यका । कृषि र धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको माडीभित्र एउटा सुन्दर गाउँ निर्माणमा जुटेका छन् अयोध्यामार्गका महिलाहरू । माडी नगरपालिका–८ स्थित अयोध्यामार्ग प्रवेश गर्नासाथ जोकोहीको मन प्रफुल्लित हुन्छ । यहाँका महिलाहरूले सृजनात्मकता र संस्कार झल्किने गाउँको परिवेश निर्माण गरिरहेका छन् । पक्की सडकको दायाँबाँया रहेका मौलिक प्रकारका घर । सबै घरको आँगनमा फूलबारी । सडकको दायाँबायाँ राखिएका ढुङ्गामा लगाइएका रङले झन् यहाँको सौन्दर्य बढाएको छ । यसका पछाडि स्थानीय समुदाय, विशेषतः महिलाहरूको अगुवाइमा भएको कामले अयोध्यामार्ग माडीको एक नमूना बस्तीका रूपमा परिचित बन्दै गइरहेको छ । अयोध्यामार्गस्थित फूलबारी महिला समूहकी अध्यक्ष…

Read More

भोजपुर । संघीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ। पूर्वीतर्फको एकमात्र सुन्दर र शान्त क्षेत्र रहेकाले यसलाई तपोभूमिका रूपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको हो। प्राकृतिकको सुन्दर उपहारका रूपमा रहेको मुन्दुम पदमार्गलाई पर्यटकीयसँगै योग, ध्यान, अनुसन्धान तथा तपोभूमिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउँदै गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले पर्यटन प्रवर्द्धनका लागि योजनाबद्ध काम गरिने उल्लेख गरे। यो पदमार्गमा समथर ठूला घाँसे मैदान प्रशस्त रहेकाले यसलाई गल्फ क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ। ‘यो पूर्वको एक सुन्दर पदमार्ग हो’,…

Read More

तनहुँ । उखरमाउलो गर्मीले वातावरण तातेको छ। केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मनसुन त्यतै अड्किएको छ। पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ। बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ। त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरू त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन्। काठमाडौं तथा चितवनबाट गाडीमा दुई÷तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्‍याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू देखिन्छन्। त्यसो त यो र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट…

Read More

भरतपुर । यहाँको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । यहाँ रहेको सामेश्वर मन्दिर, गोद्धक, बैकुण्ठ ताल, राम मन्दिरलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । यसबारे धेरैलाई जानकारीसमेत छ, तर माडीमै रहेको सुन्दर ‘धनलक्ष्मी झरना’ का विषयमा भने धेरैजसो बेखबर छन् । करिब ६० मिटर उचाइबाट खस्ने यो झरनालाई समेटेर पर्यटन विकास गर्न वैकुण्ठधाम क्षेत्र व्यवस्थापन समितिले अग्रसरता देखाएको छ । वैकुण्ठ तालभन्दा माथि करिब डेढ घण्टाको पैदल यात्रापछि पुगिने धनलक्ष्मी झरना स्थानीयस्तरमै नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको वैकुण्ठधाम पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताए । तालदेखि झरनासम्म पुग्नका…

Read More

भोजपुर । षडानन्द नगरपालिका– १० तीनतलेमा ‘साम्तोलिङ’ बौद्ध गुम्बा निर्माण गरिएको छ । बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो । षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष पेमदोर्ची शेर्पा अनुसार तीनतलेमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीयको जनश्रमदानसहित करिब एक करोड २० लाख लागतमा गुम्बा निर्माण गरिएको हो । करिब दुई रोपनी जमिनमा गुम्बासँगै भान्सा, शौचालय, धारालगायतको संरचना निर्माण गरिएको छ । वडाले रु पाँच लाख बजेट विनियोजन गरेर गुम्बाभित्र बौद्ध धर्मसँगसम्बन्धी विभिन्न चित्र तथा आकृति बनाएको वडाध्यक्ष शेर्पाले बताए । पहिलाको पुरानो गुम्बा २०७२ सालको भूकम्पले जीण बनेपछि वडाको पहलमा नयाँ…

Read More

हुम्लाको अदानचुली गाउँपालिका र मुगु जिल्लाको सोरु गाउँपालिकाको सीमा दोमुखमा रहेको हुम्ला कर्णाली र मुगु कर्णालीको दोभान । यो ठाउँको धार्मिक महत्व समेत रहेकोले धार्मिक पर्यटन र व्रतबन्ध गर्न विभिन्न स्थानबाट मानिस यहाँ आउने गर्दछन् । तस्बिर : कालीबहादुर थापा / रासस

Read More

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ जाँदै गरेका पर्यटक । पदमार्गको प्रचारप्रसार र होटल सुविधा विस्तार भएसँगै आधार शिविर जाने पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः कमल खत्री/रासस

Read More

म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाम । मुक्तिनाथ प्रवेश द्वारको रुपमा रहेको बेनी नगरपालिका–९ गलेश्वरमा पर्ने यो स्थल नेपालको दोस्रो पशुपतिनाथका नामले समेत परिचित छ । गलेश्वर शिवालय नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल शिला माथि अवस्थित छ । तस्बिरः ध्रुवसागर शर्मा÷रासस

Read More